आइतबार, कार्तिक १६ गते २०८३
images
images

ज्यान मुद्दाका आरोपी १५ वर्षपछि पक्राउ

एक्सप्रेस पाना
भाद्र २३, २०७८ बुधबार
  • 245
    SHARES
  • ज्यान मुद्दाका आरोपी १५ वर्षपछि पक्राउ

    भदौ २३ सप्तरी । ज्यान मुद्दामा २० वर्ष कैद सजाय पाएर फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ परेको छ ।

    images

    सप्तरीको बोदेबर्साइन नगरपालिका ७ का दानालाल यादवलाई लुकिछिपी बसेको अवस्थाबाट प्रहरीले पक्राउ गरेको हो । यादवले २०६२ मा साविक मानराजा गाउँपालिका हाल बोदेबर्साइन नगरपालिका(७ का गंगाराम कापेरलाई हत्या गरेका थिए ।

    कर्तव्य ज्यान मुद्दामा उनलाई जिल्ला अदालत सप्तरीले २२ वैशाख ०७३ मा २० वर्ष कैद सजाय फैसला गरेको थियो । हत्या गरेपछि उनी फरार थिए ।

    images

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले फरार रहेका यादवलाई सोमबार पक्राउ गरेको जानकारी दिए । यादवलाई जिल्ला अदालत सप्तरीको आदेशमा कैद भुक्तानका लागि राजविराज कारागार पठाइएको प्रहरीले जनाएको छ ।