सोमबार, कार्तिक १७ गते २०८३
images
images

जीवन बिमा कम्पनीहरुको बिमा शुल्क ७१ अर्ब ६५ करोड रुपैयाँ बढी

एक्सप्रेस पाना
माघ २२, २०७९ आइतबार
  • 228
    SHARES
  • जीवन बिमा कम्पनीहरुको बिमा शुल्क ७१ अर्ब ६५ करोड रुपैयाँ बढी

    जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको ६ महिना अर्थात पुस मसान्तसम्ममा ७१ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन् ।
     
    नेपाल बिमा प्राधिकरणको पुससम्मको तथ्यांक अनुसार २० वटा जीवन बिमा कम्पनीहरुले कुल ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन् । यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै १८ अर्ब ६३ करोड ३८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।
     
    त्यसपछि, लाइफ इन्सुरेन्स कर्पोरेसनले ८ अर्ब ७२ करोड ९३ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले ७ अर्ब ६८ करोड ६९ लाख रुपैयाँ र राष्ट्रिय बिमा संस्थानले ६ अर्ब १४ करोड ५० लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् । 

    images

    11.jpg

    22.jpg

    images