सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 254
    SHARES
  • बढ्यो सुनको भाउ, कतिमा हुँदै छ कारोबार ?

    २२ माघ, काठमाडौँ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढेको छ । हिजो तोलामा दुई हजार रुपैयाँले घटेको सुनको भाउ आज फेरि ५ सय रुपैयाँले बढेको हो ।

    images

    नेपाल सुन चाँदी व्यवसायी महासङ्घले सुनको भाउ आज तोलामा १ लाख ४ हजार ६ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ४ हजार १ सय रुपैयाँ थियो । गएको बिहीवार भाउ बढेर सुन अहिलेसम्मकै उच्च १ लाख ७ हजार ५ सय रुपैयाँमा पुगेको थियो ।

    सुनको भाउ बढे पनि आज चाँदीको भाउ भने स्थिर छ । चाँदी आज पनि हिजो जस्तै तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images