सोमबार, कार्तिक १७ गते २०८३
images
images

१ अर्ब ४७ करोडको सेयर कारोबार

एक्सप्रेस पाना
माघ २३, २०७९ सोमबार
  • 179
    SHARES
  • १ अर्ब ४७ करोडको सेयर कारोबार

    काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ४.५७ अंकले बढेर २ हजार १ सय दशमलब ६५ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो ०.२२ प्रतिशतको मात्र वृद्धि हो ।

    images

    दिनभर सुस्त गतिमा चलेको बजारमा अधिकांश समय नेप्से ऋणात्मक रहेको थियो । बजार बन्द हुन करिब १५ मिनेट बाँकी रहँदादेखि सुस्त गतिले बढ्न थालेको नेप्से अन्तत: ४.५७ अंकले सकारात्मक देखिएको हो ।

    सोमबार २९ हजार ८ सय ४६ वटा कारोबारबाट ३९ लाख २२ हजार २ सय १६ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा सोमबार कारोबार रकम घटेको हो । आइतवार १ अर्ब ९३ करोड १७ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

    images

    सोमबार कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ वटाको परिसूचक घटेको छ भने बाँकीको बढेको छ । बढेका उपसमूहको परिसूचक पनि न्यून अंकले बढेकाले समग्र नेप्सेमा झिनो सुधार देखिएको हो । सोमबार कारोबारमा आएकामध्ये १०४ कम्पनीको सेयरमूल्य बढ्यो, ९५ वटाको घट्यो र बाँकी १७ कम्पनीको सेयर मूल्य स्थिर छ ।