भदौ २३ काठमाडौं । नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ ।
कोरोना भाइरस (कोभिड–१९) महामारी सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजा आजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको मन्दिरका मूल पुजारी इन्सानबहादुर थापामगरले जानकारी दिए ।
.jpg)

