सोमबार, कार्तिक १७ गते २०८३
images
images

आईएमई र ललितपुर महानगरपालिका बिच सम्झौता

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 204
    SHARES
  • आईएमई र ललितपुर महानगरपालिका बिच सम्झौता

    काठमाडौँ । आईएमई डिजिटल सोलुसन लिमिटेड र ललितपुर महानगरपालिका बिच एक समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । सम्झौता अनुसार विद्युतिय कर भुक्तानीमा महानगरपालिकाले आईएमई डिजिटल सोलुसन लिमिटेडको मोबाइल वालेट आइएमई पेको प्रयोग गर्ने छ । हालै सम्पन्न सम्झौता-पत्र हस्ताक्षर कार्यक्रममा दुई संस्था बिच सो सहमति भएको हो ।

    images

    सम्झौता पत्रमा ललितपुर महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्री गणेश अर्याल र आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिंह बस्नेतले हस्ताक्षर गर्नुभएको छ ।

    सो सेवा आइएमई पे एपमा लाइभ भएपश्चात् ललितपुर महानगरपालिकाका स्थानीय बासिन्दाहरुले स्थानीय सरकारलाई तिर्नुपर्ने कर, जस्तै घर-बहाल कर, सम्पत्ति कर र व्यवसायिक करहरु सजिलै आइएमई पे एपबाट तिर्न सक्नुहुनेछ । नेपाल सरकारको घोषित डिजिटल नेपाल अभियानमा स्थानीय तहको सरकारसँग सहकार्य गर्न पाउदा आइएमई पेपरिवार खुशी व्यक्त गर्दछ ।

    images