सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्सेमा सामान्य गिरावट

एक्सप्रेस पाना
माघ २५, २०७९ बुधबार
  • 208
    SHARES
  • नेप्सेमा सामान्य गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधवार सामान्य गिरावट देखिएको छ। आज नेप्से ७.१३ अंकले घट्दा दुई हजार एक सय ७० दशमलव २१ विन्दुमा बन्द भएको हो ।

    images

    मंगलबार नेप्से ७६.६४ अंकले बढ्दा दुई हजार एक सय ७७ दशमलव ३४ विन्दुमा बन्द भएको थियो । सो वृद्धिको गतिले निरन्तरता पाउने अपेक्षा विपरीत आज नेप्सेमा गिरावट देखिएको हो। बुधवार नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा तीन अर्ब ६९ करोड १९ लाख बराबरको कारोबार भएको छ । अघिल्लो दिन पनि ३ अर्ब माथिको कारोबार भएको थियो। आज कारोबार भएका कम्पनीमध्ये ६७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४२ कम्पनीको शेयर मूल्य घटेको छ । सात कम्पनीको शेयर मुल्यमा भने कुनै परिवर्तन आएको छैन।

    नेप्सेका अनुसार बुधवार कुनै पनि कम्पनीको शेयर मुल्यमा उच्च वृद्धि भएको छैन । त्यसै गरी कुनै कम्पनीको शेयरमा उच्च गिरावट समेत छैन। त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल रि इन्स्योरेन्स कम्पनीको भएको छ । यसको आज ११ करोड २८ लाखभन्दा बढीको कारोबार भएको छ ।

    images