सोमबार, कार्तिक १७ गते २०८३
images
images

द्रुत गतिमा उद्धार हुन नसकेको टर्कीका राष्ट्रपति एर्डोगानको स्वीकारोक्ति

एक्सप्रेस पाना
माघ २७, २०७९ शुक्रबार
  • 179
    SHARES
  • द्रुत गतिमा उद्धार हुन नसकेको टर्कीका राष्ट्रपति एर्डोगानको स्वीकारोक्ति

    टर्की । टर्कीका राष्ट्रपति सिसेप तैएप एर्डोगानले भूकम्प प्रभावित क्षेत्रमा अपेक्षा गरिएअनुसार सरकारीस्तरमा खोज तथा उद्धार द्रुत गतिमा हुन नसकेको स्वीकार गरेका छन् ।

    images

    गत सोमबारको भूकम्पबाट देशका १० प्रान्तमा अकल्पनीय क्षति भएको छ । “धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, दुर्भाग्यवश हामीले अपेक्षाकृत द्रुत गतिमा उद्धारका काम गर्न सकेनौँ,” भूकम्पबाट अति प्रभावित दक्षिणी शहर आदिमानको भ्रमणपछि उनले भने ।

    आजै उनि यहाँको बस्तुस्थिति बुझ्न आएका हुन् । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म २२ हजार तीन सय  ६८जनाको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । 

    images