काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर लक्ष्य अनुसार आठ प्रतिशत नपुग्ने पनि उल्लेख गरेका छन् । आज प्रतिनिधि सभाका बजेटको मध्यावधी समिक्षा प्रतिवेदन पेश गर्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्ष २०७९/८० को लागि ल्याइएको १७ खर्ब ९३ अर्ब रूपैयाँको बजेटको आकार आकार १४ प्रतिशतले घटाएका छन् । आज प्रतिनिधि सभाका बजेटको मध्यावधी समिक्षा प्रतिवेदन पेश गर्दै पौडेलले बजेटको आकार घटाएका हुन् ।
अब सरकारले १५ खर्ब ४९ अर्ब ९९ करोड बजेट खर्च हुने अनुमान गरेको छ। बजेटको आकार २ खर्ब ४४ अर्बले घटाएको हो ।
संसदमा अर्थमन्त्री पौडेलले २०२४/२५ पछि पहिलो पटक राजस्व नकारात्मक वृद्धिदर देखिएको बताए । २०७९ पुससम्ममा ६ खर्ब ५१ अर्ब रहेकोमा लक्ष्यको तुलनामा २४.८ प्रतिशतले कम संकलन भएको छ ।
अर्थमन्त्री पौडेलले हाल सार्वजनिक दायित्व व्यहोर्न र ऋणको सावा व्याज भुक्तानीको लागि समस्या परेको बताए । साथै कृषि र पर्यटनमा सुधार हुने देखिएपनि उत्पादनमुलक क्षेत्रमा समस्या देखिएकोले पनि अर्थतन्त्रमा समस्या कायमै रहेको बताएका हुन् ।
.jpg)


