सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन : गभर्नर अधिकारी

एक्सप्रेस पाना
माघ २९, २०७९ आइतबार
  • 191
    SHARES
  • नेपाल राष्ट्र बैंक पुँजी बजारप्रति नकारात्मक छैन  : गभर्नर अधिकारी

    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारप्रति नकारात्मक नरहेको बताएका छन् । आईतवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले नेपाल राष्ट्र बैंक पुँजीबजारको विकास गर्न प्रतिवद्ध रहेको भन्दै कहिल्यै पुँजीबजारप्रति नकारात्मक नभएको बताए ।

    images

    गभर्नर अधिकारीले शेयरबजार बढ्नु र कहिले काहीँ घट्नु स्वभाविक भएको बताए । उनले पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु भएको बताउँदै धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्ने बताए । उनले राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरु मात्रै भएको स्पष्ट पारे ।

    उनले नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएकाले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको नियमनको कारणले प्रभाव परेको हुनसक्ने बताए । उनले राष्ट्र बैंकको इच्छा अनुसार पुँजीबजारलाई असर पर्ने नीति नलिएको भन्दै राष्ट्र बैंक जहिले पुँजीबजारको प्रोस्पर चाहेको बताए । 

    images

    गभर्नर अधिकारीले भने,‘पुँजीबजार प्रति राष्ट्र बैंक नकारात्मक हुनुपर्ने अवस्था छैन । पुँजीबजार हेर्ने छुट्टै केन्द्रिकृत नियमन निकायहरु रहेका छन् । धितोपत्र बोर्डले पुँजीबजारलाई नियन्त्रण र अनुगमन गर्छ । राष्ट्र बैंकले नियमन गर्ने भनेको वित्तीय क्षेत्रभित्रका बैंक तथा वित्तीय संस्थाहरुलाई हो । नेपाली पुँजीबजारमा बाफियाभित्र ७० प्रतिशत संस्थाहरु समावेश भएको कारणले राष्ट्र बैंकले यी संस्थाहरुलाई गरेको रेगुलेशनको कारण कुनै न कुनै विषयले प्रभाव परेको होला ।

    राष्ट्र बैंकको इन्टेनशन पुँजीबजारलाई असर परोस् भन्ने लिएको हुँदैन । हामीले जहिले पनि प्रोस्पर होस् भन्ने चाहन्छु । राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादन मुलक क्षेत्रमा लगानी होस् भन्ने हो । प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा बोलेका हुँदैनौं । शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा लिएको पाएको छु । वाह्य क्षेत्र निकै चुनौतिपूर्ण रहन्छ ।

    विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नुपर्छ भनेर आयात प्रतिवन्धको नीति लिएको हो । त्यो नीति संधैका लागि थिएनन् । आयात बेसमा राजश्व संकलन हुने भएकाले सुधार गर्न आवश्यक छ । त्यसले गर्दा एकतिर तान्दा अर्कोतिर खुस्कने अवस्था रहेको छ । सरकारले त्यसलाई ब्यालेन्स गर्नुपर्ने अवस्था छ ।’

    उनले राष्ट्र बैंक बैंकहरुसँग भएको पुँजी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नेगरी नीति लिएकाले प्रत्यक्ष रुपमा शेयर बजारको विषयमा नबोलेको बताए । उनले शेयर बजारको शब्दहरु मौद्रिक नीतिमा नभएकाले अन्यथा नलिन आग्रह गरे । उनले विदेशी मुद्रा सञ्चितिमा सन्तुलनमा राख्नको लागि आयात प्रतिबन्धको नीति लिएको भन्दै सहज भएसँगै खुल्दै गरेको बताए ।