सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सार्वजनिक बिदा भए पनि बैंक खोल्ने

एक्सप्रेस पाना
फाल्गुण १, २०७९ सोमबार
  • 191
    SHARES
  • आज सार्वजनिक बिदा भए पनि बैंक खोल्ने

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (फागुन १ गते) सार्वजनिक बिदा भए पनि बैंक खोल्न निर्देशन दिएको छ । सरकारले आइतबार मन्त्रिपरिषद बैठकबाट ‘जनयुद्ध दिवस’ मा देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। गृह मन्त्रालयले बिदाबारे सूचना नै जारी गरेको छ ।

    images

    राष्ट्र बैंकले सरकारले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिएको भए पनि उक्त दिन नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायत अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्न बैंकहरूलाई निर्देशन दिएको छ । 

    एक सूचना जारी गर्दै राष्ट्र बैंकले सोमबार बिहान १० बजेदेखि १:३० बजेसम्म बैंक तथा वित्तीय संस्थाका आवश्यक विभाग तथा कार्यालय खुला राखेर सेवा सुचारू गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

    images