काठमाडौँ । सोमबार सुन र चाँदीको मूल्य स्थिर छ । आइतबार सुन प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भएको थियो । सोमबार पनि प्रतितोला एक लाख चार हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
संघका अनुसार आज चाँदी प्रतितोला एक हजार दुई सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ । गत आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५९.९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
.jpg)


