काठमाडौँ । आज बुधवार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा १३.९० अंकको गिरावट आएको छ । कारोबार समयमा परिसूचक बढेपनि अन्तिम समयमा ओरालो लाग्दै दोहोरो अंकको गिरावटसँगै बन्द भएको हो ।
यससँगै, परिसूचक २०९१ अंकमा आएर रोकिएको छ। परिसूचक दोहोरो अंकले घट्दा आज १ अर्ब ७३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसक्रममा ४८ लाख १५ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, आज परिसूचक घटेपनि ३७ कम्पनीको सेयर मूल्य बढेको छ ।
बाँकी १७६ वटा कम्पनीको सेयर मूल्य भने घटेको छ । यस्तै, ३ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको जनाइएको छ । परिसूचक १३ अंकले घट्दा आज उत्पादनमूलक समूहमा मात्र सुधार आएको छ । यो समूहमा भने आज ४६ अंकको वृद्धि देखिएको छ । बाँकी सबै समूह घटेका छन् ।
.jpg)


