सोमबार, कार्तिक १७ गते २०८३
images
images

नेप्से परिसूचक २१.१५ अंकले घट्यो

एक्सप्रेस पाना
फाल्गुण ४, २०७९ बिहीबार
  • 189
    SHARES
  • नेप्से परिसूचक २१.१५ अंकले  घट्यो

    साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २१.१५ अंकले घटेको छ।

    images

    यस दिन नेप्से १.०१ प्रतिशतले घटेर २०७०.४१ बिन्दुमा बन्द भएको छ। बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

    गत कारोबार दिन अर्थात् बुधबार १ अर्ब ७३ करोड २५ लाख ७५ हजार २०२ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज त्यो रकम घटेर आज १ अर्ब ६८ करोड ४९ लाख ४२ हजार ९६ रुपैयाँमा सीमित भएको छ।

    images

    बिहीबार २५६ वटा धितोपत्रको ४७ लाख ४७ हजार ५६७ कित्ता सेयर किनबेच भएको हो।

    बिहीबार सानिमा लार्ज क्याप फण्डको इकाइ मूल्य सर्वाधिक ७.६५ प्रतिशतले बढेको छ। यस दिन उक्त योजनाको इकाइ मूल्य ९ रुपैयाँ १ पैसा पुगेको छ। 

    यस्तै, राप्ति हाइड्रोको सेयर मूल्य ५.२३ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रुपैयाँ पुगेको छ।

    यस दिन सर्वाधिक मूल्य घट्नेमा युनिलिभर नेपाल रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य २० हजार ७०० रुपैयाँमा झरेको छ।

    यस दिन हिमालयन डिष्लिरीको सर्वाधिक कारोबार भएको छ।

    उक्त कम्पनीको प्रतिकित्ता २ हजार ५२४ रुपैयाँमा ५ करोड ३८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.६४ प्रतिशत घटेको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा अपि पावर रहेकोे छ। उक्त कम्पनीको २६४ रुपैयाँमा ५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको हो। यस दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशतले घटेको छ।