सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य घट्यो

एक्सप्रेस पाना
फाल्गुण ५, २०७९ शुक्रबार
  • 223
    SHARES
  • सुनको मूल्य घट्यो

    काठमाडौं । आज पनि सुनको मूल्य घटेको छ । आज फागुन ५ गते, शुक्रबार सुन तोलामा ५ सय रुपैयाँले घटेको हो । आज चाँदीको मूल्य पनि घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा किनबेच हुँदैछ ।

    हिजो सुन तोलामा ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    images