काठमाडौं । लगातारको अविरल वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले बताए । पहिरो विस्तारै बस्तीतिर छिर्ने डरमा रातभरि सुत्न नसकेको उनले जानकारी दिए ।
पहिरो रोक्नका लागि प्रयास गरिदिन स्थानीय तह लाई आग्रह समेत गरेका छन् । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिममा परेको स्थानीयवासीले बताएका छन् ।
.jpg)

