सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

एक्सप्रेस पाना
फाल्गुण ७, २०७९ आइतबार
  • 269
    SHARES
  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँ बढेको हो।

    आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो ।