आइतबार, कार्तिक १६ गते २०८३
images
images

अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा

एक्सप्रेस पाना
फाल्गुण ८, २०७९ सोमबार
  • 272
    SHARES
  • अमेरिकाद्वारा टर्कीलाई १० करोड डलर बराबरको मानवीय सहायता घोषणा

    काठमाडौं । अमेरिकाले टर्कीलाई १० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता गर्ने घोषणा गरेको छ । 

    images

    गत फेब्रुअरी ६मा आएको विनाशकारी भूकम्प पछि टर्कीको भ्रमणमा पुग्नु भएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले उक्त मानवीय सहायताको घोषणा गर्नुभएको हो । 

    यसैबीच टर्कीले आफ्नो दुई अति प्रभावित प्रान्तबाहेक अरू ठाउँमा भूकम्पमा पुरिएकाको खोजी कार्य बन्द गरेको छ । 

    images

    टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या ४४ हजार नाघेको छ ।