काठमाडौं । साताको चौथो दिन नेपाली बजारमा आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य बढेको छ ।
अघिल्लो कारोबार दिन प्रतितोला दुई सय रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १२ सय ९० रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।
.jpg)


