शनिबार, भाद्र २७ गते २०८३
images

अनमोलको छड्के- २ को ट्रेलर सार्बजनिक (भिडियोसहित)

एक्सप्रेस पाना
फाल्गुण ११, २०७९ बिहीबार
  • 214
    SHARES
  • अनमोलको छड्के- २ को ट्रेलर सार्बजनिक (भिडियोसहित)

    काठमाडौँ । यही फागुन १९ गतेबाट प्रदर्शन हुन लागेको ‘छड्के २’ ट्रेलर सार्बजनिक भएको छ ।

    images

    अनमोल केसीको प्रमुख अभिनय रहेको यस फिल्ममा उनी ग्याङस्टरको भूमिकामा रहेका छन् । अनमोलले पहिलो पटक ग्याङस्टर भूमिका निर्वाह गरेका कारण यो फिल्म निर्माणको शुरुवात देखि नै विशेष चर्चामा रहेको छ । 

    फिल्म तीन ग्याङको विषयमा बनेको छ । फिल्ममा तीन रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङ छन्, जसमा अनमोल ग्रीन ग्याङका प्रमुखको भूमिकामा रहेका छन् । फिल्ममा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ र ग्रीन ग्याङबीचको लडाइँ केन्द्रमा राखेर बनाइएको छ ।

    images

    निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सिर्जना सुब्बा, देवु श्रेष्ठ, रेशा आले मगर, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, निगम श्रेष्ठ, चिरन्जिबी अधिकारी, कुमार घलानको पनि अभियन छ ।

    प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको ‘छड्के २’को कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

    भिडियो :