आज कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से ५७.७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ विन्दुमा बन्द भएको हो ।
हिजो (बिहिबार) भने नेप्से ३३.५७ अंकले बढेर दुई हजार ८० दशमलव ३८ विन्दुमा बन्द भएको थियो । आज नेप्सेमा दुई अर्ब ५२ करोड २७ लाख बराबरको कारोबार भएको हो ।
आज कारोबार भएका कम्पनीमध्ये १४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने २०३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै १ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
.jpg)


