सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण १२, २०७९ शुक्रबार
  • 200
    SHARES
  • घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शुक्रबार पनि सुनको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख २ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छ ।

    images

    हिजो बिहीबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन प्रतितोला फाइन गोल्ड १ लाख २ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार २७५ रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा १० रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

    images