भदौ २४ काठमाडौं । एमसीसीको विरोधमा उत्रिएका बहिर्गमित जनमुक्ति सेनाका अध्यक्ष रमेश कसेल करण र उपाध्यक्ष राजन थापा सुवाससहित २० जनालाई प्रहरीले आज नियन्त्रणमा लिएको छ ।
काठमाडौंको कोटेश्वरबाट आफूहरूलाई प्रहरीले नियन्त्रणमा लिएको बहिर्गमित जनमुक्ति सेनाका उपाध्यक्ष तथा प्रवक्ता राजन थापा सुवासले बताए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली बालकोट जाँदै गर्दा कालो झण्डा देखाउने क्रममा २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
.jpg)

