सोमबार, कार्तिक १७ गते २०८३
images
images

 जयपृथ्वी राजमार्ग अवरुद्ध

एक्सप्रेस पाना
भाद्र २४, २०७८ बिहीबार
  • 610
    SHARES
  •  जयपृथ्वी राजमार्ग अवरुद्ध

    बझाङ, २४ भदौ 
     बझाङको सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने उक्त राजमार्गको जयपृथ्वी नगरपालिका–९ स्थित सिमखेतमा सडक भासिँदा अवरुद्ध बनेको हो ।

    images

     सदरमुकाम चैनपुर भित्रिएका सवारी साधनहरु राजमार्ग अवरुद्ध हुँदा सदरमुकाममै रोकिएका छन् । सदरमुकाम चैनपुरबाट सिमखेतलगायत अन्यन्त्र जाने सवारीहरु रोकिएका छन् । बाहिर जिल्लाबाट आउने सवारी साधनहरु भने सिमखेतसम्म आउने गरेका छन् । 

     राजमार्ग खुलाउने प्रयास भइरहेको बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो । “राजमार्ग खुलाउने विषयमा स्थानीय तह, सडक कार्यालयसँग समन्वय भइरहेको छ” उहाँले भन्नुभयो । तल बाउली खोला भएकाले सडक पुनः सञ्चालन हुन भने केही समय लाग्ने जनाइएको छ । उक्त स्थानमा यसअघि पनि बेलाबेला पहिरो खस्ने र सडक भासिने हुँदा राजमार्ग अवरुद्ध हुने गरेको प्रहरीले बताएको छ ।

    images