सोमबार, कार्तिक १७ गते २०८३
images
images

हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : निगम

एक्सप्रेस पाना
फाल्गुण १८, २०७९ बिहीबार
  • 200
    SHARES
  • हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् : निगम

    काठमाडौँ । सरकारले तत्काल इन्धनको मूल्य नघटाउने भएको छ । नेपाल आयल निगमले विज्ञप्ति जारी गरी भारतबाट खाना पकाउने ग्यासबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आए पनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको जनाएको हो । 

    images

    विज्ञप्तिमा भनिएको छ, “आम उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखिएको छ ।” नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत पाँच रुपैयाँ पाँच पैसाले सस्तो भएर आएको छ । 

    यस्तै पेट्रोलमा एक रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टितेलमा तीन रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा सात रुपैयाँ तीन पैसाले लागत घटेको छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिन्डर तीन सय ३९ रुपैयाँले बढेको छ ।

    images

    पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आर्थिक वर्षको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपैयाँ दायित्व भने बाँकी नै रहेको निगमको भनाइ छ ।