आइतबार, कार्तिक १६ गते २०८३
images
images

खोटाङमा करेन्ट लागेर खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु 

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 248
    SHARES
  • खोटाङमा करेन्ट लागेर खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु 

    खोटाङ, २५ भदौ। करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    images

    पानी  खसाल्न ट्यांकीमा चढेर पाइप जोडेर उभिँदा सिधा माथि झुण्डिएको विद्युतको तार छुन पुग्दा चालक परियारलाई करेन्ट लागेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए । 

    करेन्ट लागेर गम्भीर बनेका परियारलाई उपचारका लागि स्वास्थ्यचौकी दुर्छिममा पुर्‍याए लगत्तै मृत्यु भएको बताइएको छ । 

    images