भदौ २५ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले पछिल्लो तीन दिनमा ठूलो वर्षाको सम्भावना नरहेको बताएको छ । घाम, बादल लाग्ने र पानी पर्ने क्रम जारी रहे पनि ठूलो वर्षा हुने गरी मौसमी प्रणालीमा बदलाब नआएको मौसमविद्ले बताएका छन् ।
मौसमविद् समीरकुमार श्रेष्ठले मौसम प्रतिकूल हुने सम्भावना नरहेको अर्थात् भारी र अतिभारी वर्षा नहुने बताए ।‘तर वर्षा नै नहुने भने होइन, बर्खामा यो नियमित प्रक्रिया हो,’ उनले भने ।
हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव छ। साथै मनसुन न्यून चापिय रेखा औसत स्थान नजिक छ ।
.jpg)


