काठमाडौं । साताको अन्तिम कारोबारको दिन आज शुक्रबार सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला एक सयले घटेको छ। अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार छ सय कायम भएकोमा आज एक लाख दुई हजार पाँच सय तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार एक सय थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार दुई सय ६५ तोकिएको महासंघले जनाएको छ ।
.jpg)


