सोमबार, कार्तिक १७ गते २०८३
images
images

विकास हाइड्रोको प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ, १३२ केभिएको प्रसारण लाइन धार्चेमा बनाउने प्रतिबद्धता

एक्सप्रेस पाना
फाल्गुण १९, २०७९ शुक्रबार
  • 735
    SHARES
  • विकास हाइड्रोको प्रधानमन्त्री प्रचण्डद्वारा शुभारम्भ, १३२ केभिएको प्रसारण लाइन धार्चेमा बनाउने प्रतिबद्धता

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्लाको उत्तरी भु भागमा पर्ने धार्चे गाँउपालिकामा रहेको विकास हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रर्बद्धित ४.५५ मेघावाटको माथिल्लो माछाखोला जलबिद्युत आयोजनाको समुद्घाटन गरेका छन् । 

    images

    गत सोमवार प्रधानमन्त्री कार्यालयमा आयोजित एक समारोहका बिच बिद्युत आयोजनको भर्चुअल रुपमा टरबाईन सञ्चालन गरी प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । 

    कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफू सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लागेको जनाउदै गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको सुरुवात भएको उल्लेख गर्दै स्थानीयलाई रोजगारको प्रत्याभूत गराएकोमा लगानीकर्ताहरूलाई धन्यवाद ब्यक्त गरे । 

    images

    विकास हाइड्रोपावरको वोडअफ डाइरेक्टरमा खगेन्द्र न्यौपाने,  कृष्ण घिमिरे, सरोज धिताल, जोन घले , इन्द्र बहादुर ढकाल र सुनिल श्रेष्ठको अत्यन्तै लगनसिल र सफल ब्यवसायीहरुको टिम रहेको थियो । जस मध्य खगेन्द्र न्यौपाने गैर आवासिय नेपाली संघका वर्तमान सचिव हुन् भने इन्द्र ढकाल बेलायतमा आफ्नो ब्यासाय गर्दै आएका छन् । 

    No description available.

    त्यसैगरि जोन घले अष्ट्रेलियामा घले हारबेस्टीङ कम्पनीका मलिक हुन् । जोन घलेले नेपालमा बिपत पर्दा सामाजिक उत्तर दाइत्व बहन गर्ने हिसाबले समेत आफ्नो भुमिका निर्वाह गर्ने गरेका छन् । हाइड्रोपावर घलेकै गाउँपालिकामा सम्पन्न भएको हो । एक स्थानियको नाताले समेत घलले उक्त हाइड्रोपावर सम्पन्न गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए भने घलेले उक्त क्षेत्रको थप आयोजनाहरुमा लगानी गरि आयोजना सम्पन्न गर्ने प्रतिबद्धता समेत ब्यक्त्त गरेका छन् । 

    घलेले भने हाम्रो हाईड्रोपारमा सक्ष्यम र कुशल युवा ब्यवसायीहरुको टिमवर्क र लगनसिलता भएकै कारण तोकिएको समय भन्दा ६ महिना पहिले नै हाइड्रोपावर बनाउन सफल भएका छौं, म खुसि छु हाम्रो यस टिमबाट प्रत्यक्ष  फिल्डमा खट्ने साथीहरु, लगानी कर्ता, विभिन्न स्टेक होल्डरहरु र धार्चे बासीलाई समेत धन्यवाद भन्न चाहान्छु । 

    यस्तै प्रधानमन्त्री प्रचण्डले हाइड्रोपावर निर्माणमा गैरआवासीय नेपालीहरु र स्थानीय लगानीकर्ताहरुको योगदानका लागि विशेष धन्यवाद ब्यक्त गर्दै एनआरएनएहरुलाई थप लगानी गर्न आग्रह गरे । प्रधानमन्त्रीले १३२ केभिएको ट्रान्समिसन लाईन धार्चे गाउपालिका माछाखोलामा निर्माणको लागी सरकारले तत्काल काम शुरु गर्ने समेत बताए । उनले सरकारको अवको लक्ष्य शुसासन र विकास नै रहेकाले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आग्रहसमेत गरे ।
     
    उक्त कार्यक्रममा गोर्खा क्षेत्र नम्वर १ का प्रतिनिधी सभा सदस्य राजेन्द्र बजगाईले गोर्खाका विविध समस्याको वारेमा प्रधानमन्त्रीलाई जानकारी गराउदै १३२ केभिएको ट्रान्समिसन लाईन धार्चे गाउँपालिका माछाखोलामा निर्माण तत्कालै गर्नुपर्ने बताए । उनले यस्को लागी जग्गाको कुनै समस्या नरहेको जनाउदै यो नबन्दा धेरै हाईड्रोहरुलाई समस्या भएको बताए । बजगाईले गोर्खामा बुढीगण्डकी सङ्गै अन्य धेरै हाईड्रोको प्रचुर सम्भावना रहेको जनाउदै विकास हाईड्रोका लगानीकर्तालाई थप सफलताको लागी शुभकामना दिए ।
     
    गोरखा जिल्लाको दुर्गम गाउँमा बनेको यस हाईड्रोमा गैर आवासीय नेपाली, स्थानिय, र ब्यबसायिहरूको ठुलो लगानी रहेको एनआरएनए आईसिसिका सचिव एबं हाइड्रोका अध्यक्ष न्यौपानेले बताए । कम्पनीलाई आजको यस अवस्थासम्म ल्याई पुर्याउन सहयोग गर्नु हुने सम्पूर्ण शेयरधनी महानुभावहरु, नेपाल सरकार उर्जा मन्त्रालय, वन मन्त्रालय, विद्युत विकास विभाग, नेपाल विद्युत प्राधिकरण, रास्ट्रीय बाणिज्य बैंक, बीमा कम्पनीहरु, वित्तिय तथा प्राविधिक परामर्शदाताहरु, निर्माणको डिजाइन तथा सुपरिवेक्षण गरिदिने परामर्शदाताहरु, कानुनी सल्लाहकारहरु, संचारकर्मीहरु,संरचना निर्माणमा सहयोग पुर्याउनु हुने स्थानिय वासिन्दाहरु, राजनैतिक दलहरु, यस कम्पनीको काममा अहोरात्र मेहनत गर्नुहुने प्रबन्ध निर्देशक कृष्ण घिमिरे,निर्देशक सरोज धिताल लगायत सम्पूर्ण निर्देशकहरु र कर्मचारीहरुलाई अध्यक्ष न्यौपानेले आभार प्रकट गर्दै धन्यवाद ब्यक्त गरेका छन ।