आइएमई पेले यो वर्षको होलीको लागि विभिन्न इभेन्ट आयोजकहरुसँग आबद्ध भइ सो इभेन्टहरुको टिकट प्रदाएकको रुपमा रहने जानकारी सार्वजनिक गरेको छ ।
ग्राहकवर्गहरुलाई आफ्नो मित्रजन तथा परिवारसँग होली मनाउन सजिलै टिकट उपलब्ध गराउने उदेश्यका साथ आइएमई पेले होली इभेन्ट टिकटिब सुबिधा प्रदान गरेको हो । आइएमई पेमा ग्राहकवर्गहरुले ३ फरक-फरक होली इभेन्टको टिकट प्राप्त गर्न सक्नुहुन्छ । सो इभेन्टहरु यस
प्रकार छन्ः कलरेल्ला, अन्नपूर्ण होटल कलर स्प्ल्यास, द मल्ल होटल होली फिएस्ता २०२३, सिद्दार्थ बुटिक होटल यि इभेन्टहरु क्रमशः रेडियो नागरिक, मेराकी इन्टरटेनमेन्ट, र अर्बन इन्टरटेनमेन्ट आयोजना गरेका हुन्।
ग्राहकवर्गले आइएमई पेबाट टिकट खरिद गर्दा डोर सेल्सको टिकट मुल्य भन्दा थोरै मुल्यमा पाउन सक्नुहुन्छ । टिकट खरिद गर्न, आइएमई पे एपको ।।।इभेन्ट’ सेवा भित्र उपलब्ध छ ।
.jpg)


