सोमबार, कार्तिक १७ गते २०८३
images
images

सेयर बजारमा ३०.७७ अंकको गिरावट

एक्सप्रेस पाना
फाल्गुण २१, २०७९ आइतबार
  • 186
    SHARES
  • सेयर बजारमा ३०.७७ अंकको  गिरावट

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ठूलो गिरावट आएको छ । आइतबार ३०.७७ अंकले घटेको बजार १९३८.२५ बिन्दुमा झरेको छ । यो १.५६ प्रतिशतको गिरावट हो । आइतबार कारोबार रकम समेत खुम्चिएको छ ।

    images

    २५९ धितोपत्रको ३० हजार ९०३ वटा कारोबारबाट ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार ८९३ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार सबै उपसूचक ओरोलो लागे । सबैभन्दा धेरै उत्पादन र प्रशोधनका लगानीकर्ताले गुमाए । यो उपसूचकमा ३.०३ प्रतिशतको गिरावट आयो ।

    यसको पहिलो कारोबार दिन थियो । यो कम्पनीको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । युनिक नेपाल लघुवित्त, एनएमबी ५०, एनआईबीएल प्रगति फण्डसहितको मूल्य धेरैले बढेको छ ।

    images

    आदर्श लघुवित्त, खप्तड लघुवित्त, उपकार लघुवित्तसहितका कम्पनीको सेयर मूल्य समेत धेरैले घटेको छ । हिमालयन डिष्ट्रिलरी, शिवम् सिमेन्ट, एसियन लाइफ, नविल बैंकसहितका कम्पनीको धेरै कारोबार भएको छ ।