भदौ २५ काठमाडौं । अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरेका युवाहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवा, एमसिसी उपाध्यक्ष फातिमा सुमारसहितको पुत्ला जलाएका छन् । त्यस्तै जनता समाजवादीका अध्यक्ष बाबुराम भट्टराईको समेत पुत्ला दहन गरेका छन् ।
एमसिसी उपाध्यक्ष सुमारसहितको टोली अहिले नेपालमा छ र उनीहरुले उच्चस्तरीय राजनीतिक भेटवार्ता गरिरहेका छन् । भेटवार्ताको क्रम चलिरहेका बेला प्रदर्शन भने रोकिएको छैन ।
.jpg)

