काठमाडौं । नेपाली बजारमा आज एकैदिन सुनको मूल्य एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक लाख एक हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन मंगलबार प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य एक लाख एक हजार रुपैयाँमा झरेको छ । मंगलबार एक लाख दुई हजार रुपैयाँमा किनबेच भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आज प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तोलाको एक हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।
.jpg)


