सोमबार, कार्तिक १७ गते २०८३
images
images

५० अंकले बढ्यो सेयरबजार

एक्सप्रेस पाना
फाल्गुण २५, २०७९ बिहीबार
  • 244
    SHARES
  • ५० अंकले बढ्यो सेयरबजार

    सेयरबजार परिसूचक नेप्से आज ५०.०४ अंकले बढेर २००० विन्दुमाथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार खुलेदेखि नै निरन्तर बढेको थियो। 

    images

    यसअनुसार आज २१३ कम्पनीको सेयर बढेको छ भने तीनवटाको मात्रै घटेको र दुईवटाको उही मूल्यमा कारोबार भएको छ। आज २६२ कम्पनीको ४५ लाख कित्ता सेयर १ अर्ब ५६ करोडमा कारोबार भएको हो। 

    योसँगै आज शुभम पावर र नेपाल इन्स्योरेन्स कमपनीका लगानीकर्ताले झण्डै १० प्रतिशत कमाएका छन्। आज लगानीकर्ताले ५.८१ प्रतिशतसम्म गुमाएका छन्। 

    images

    त्यस्तै आज शिवम् सिमेन्टको सर्वाधिक ७ करोड ८५ लाखको कारोबार भएको नेप्सेले जनाएको छ।