सोमबार, कार्तिक १७ गते २०८३
images
images

एकै दिन १७०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

एक्सप्रेस पाना
फाल्गुण २८, २०७९ आइतबार
  • 188
    SHARES
  • एकै दिन १७०० ले बढ्यो सुनको भाउ, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा एकै दिन सुनको मूल्य तोलामा १७ सय रुपैयाँको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तोक्दै १७ सय रुपैयाँले सुनको मूल्य बढेको जानकारी दिएको हो ।

    images

    यससँगै, आज नेपाली बजारमा छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३ हजार रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १ हजार ३०० रुपैयाँ कायम थियो ।

    आज चाँदीको मूल्य समेत बढेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको जानकारी दिएको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ हजार २४५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलााम १ हजार २२० रुपैयाँ कायम थियो ।

    images