आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको राशिफल : २०७९ फागुन २९ गते (सोमवार)

एक्सप्रेस पाना
फाल्गुण २९, २०७९ सोमबार
  • 320
    SHARES
  • आजको राशिफल : २०७९ फागुन २९ गते (सोमवार)

    मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

    images

    सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुले एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)

    images

    प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

    मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)

    बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य उठ्नेछ। कुनै कामलाई निरन्तरता दिनु भलो हुनेछ। माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ ।

    कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

    कामका सवालमा उठ्ने गोप्यकुराहरु बहिर आउन सक्ने हुनाले सजक रहनु पर्नेछ । पुरानो रोगबाट मुक्त हुनुहुनेछ। मनमा शान्ति बढ्नेछ। प्रेममा सफलता मिल्ने देखिन्छ। शिक्षा क्षेत्रमा राम्रो प्रगति हुने देखिन्छ। सवारि साधन तथा भौतिक सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला,दिन मध्ययम रहेकोछ ।

    सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)

    राजनीति तथा समाजसेवामा गरिएको लगानी खेर जानेछैन भने पद पाउँने योगलाई नकार्न सकिदैन । सामाजिक कामहरु समयमा सम्पादन हुने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न हुनेछ ।

    कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)

    बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपार्ईँलाई पछाडि छोड्नेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)

    शाहशिलो कामगर्ने जोसजागर आउँनेछ भने खेलकुद तथा यस्तै गतिबिधिमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिच मायाको गाठो कसिलो भएर जानेछ । 

    बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)

    घर परिवारमा आत्मियताको भाव बढ्नेछ भने मित्रताको बन्धन कसिलो भएर जानेछ । पैत्रिक धन तथा सम्पति परिचालन गरि आम्दानीका बाटाहरु फराकिला बनाउँन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने योग रहेकोछ ।

    धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)

    पारिवारिक माहोलमा दिन बित्ने हुदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ ।

    मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)

    अरुको काममा समय बित्ने तथा अरुको काम गर्न खोज्दा आफ्नो काम थाति रहनेछ । क्षमता प्रयोग गरि अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । राजनीति गर्नेहरुले सर्वसाधारणको मत पाउँने हुँदा सामाजिक पद पाउँने ग्रहयोग रहेकोछ ।  

    कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)

    बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहने छ। खुट्टा तान्नेहरु सक्रिय रहेकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्ने देखिन्छ। नयाँ योजना बनाउँन सकिने भएपनि सरकारी स्तरबाट सहयोग नपाईदा लागु गर्न सकिने अवस्था रहनेछैन ।

    मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)

    रमाईलो बाताबरणमा आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । दाम्पत्य जीवनमा सफलता मिल्नेछ। खर्च बढ्ने योग रहेकाले सचेत भएर व्यवहार गर्नुपर्ने हुन्छ। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीले राम्रो फाइदा मिल्नेछ।

  • सम्बन्धित विषय:

  • # राशिफल