सोमबार, कार्तिक १७ गते २०८३
images
images

एनआईसी एशिया बैंकद्वारा एक जनालाई १० लाख बीमा रकम भुक्तानी

एक्सप्रेस पाना
फाल्गुण ३०, २०७९ मंगलबार
  • 278
    SHARES
  • एनआईसी एशिया बैंकद्वारा एक जनालाई १० लाख बीमा रकम भुक्तानी

    एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोल्नु भएका ३ जना ग्राहक महानुभावहरुलाई घातक रोगको बीमा वापत प्रतिव्यक्ति १० लाखको दरले कुल ३० लाख बीमा रकम भुक्तानी गरेको छ । बीमा लाभ प्राप्त गर्नुहुनेमा यस बैंकको स्वयम्भु शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएको हरिन्द्र शाह तेलीज्यू, जाजरकोट शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएको प्रचण्ड जंग शाहज्यू र थली शाखामा सर्वश्रेष्ठ कागेश्वरी मनोहरा नगरपालिका बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोल्नुभएको सञ्जित तामाङज्यू हुनुहुन्छ । निज लाभदायीहरुलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीज्यू र चिफ स्ट्राटेजी अफिसर विशाल सिग्देलज्यूले संयुक्त रुपमा एक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गर्नुभयो । बैंकले नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरेको हो ।

    images

    यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १,१३७ जना भन्दा बढी ग्राहक महानुभावहरूले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ४० लाख र मेडिकल बीमा वापत २ करोड ६९ लाख गरी कुल ५ करोड ४९ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसक्नुभएको छ । बैंकले हाल सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म निःशुल्क ८४ लाखसम्मका ३ बीमा (१८ वटा घातक रोगहरूको बीमा, दुर्घटना बीमा र मेडिकल बीमा) सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु, ३ कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरु र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरु गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू भएको सर्वश्रेष्ठ बचत खाता ग्राहक महानुभावहरू सामू ल्याएको छ ।

    यस बचत योजना अनुसार ग्राहक महानुभावले प्राप्त गर्नुहुने बीमा, कर्जा सम्बन्धी सुविधाहरु लगायत डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्रेडिट कार्ड, प्रिपेड डलर कार्ड, डिम्याट खाता, मेरो शेयर खाता, ई-कमर्श नवीकरण, चेक क्लियरिङ, आरटिजिएस, आइपिएस÷सी आइपिएस/फन्ड ट्रान्सफर, लकर मार्जिन, लकर सेवा र एटिएम सेवाहरु ग्राहक महानुभाव एवं निजले मनोनित गर्नुभएका अन्य ३ व्यक्तिहरुका लागि समेत पाँच वर्षको लागि पूर्ण रुपमा निःशुल्क हुने व्यवस्था बैंकले गरेको छ ।

    images

    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ । देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ ।

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ । जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ ।