सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको भाउ तोलामा १ हजार र चाँदी ५ रुपैयाँले बढ्यो

एक्सप्रेस पाना
चैत्र २, २०७९ बिहीबार
  • 356
    SHARES
  • सुनको भाउ तोलामा १ हजार र चाँदी ५ रुपैयाँले बढ्यो

    काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ ।  एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो । योसँगै सुनको मूल्यले गत फागुन १२ गते गतेको ऐतिहासिक रेकर्ड भेट्न लागेको छ । २०७९ फागुन १२ गते हालसम्मकै उच्च विन्दुमा सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । 

    images

    आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images

    यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।