काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक ५.३२ अंकले घटेर १९३३.३१ विन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५८ कम्पनीको ३४ लाख ०२ हजार २६७ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १४ करोड १४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।
त्यस्तै, कारोबारको आधारमा एनआईसी एशिया बैंक अग्रिम स्थानमा छ । यसको आज १० करोड ३५ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नबिल बैंक र हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।
बिहिबारको कारोबारमा १३ वटा उपसूचकमध्ये ४ उपसुचक बढेको छ भने बाँकी सविया उपसुचक घटेको छ । आजको कारोबारमा युनिक नेपाल लघुवित्त र शुभम् पावरका लगानीकर्ताले अत्याधिक कमाएका छन् । यी दुई कम्पनीको सेयर भाउ १० प्रतिशतले बढेको छ । यता, लक्ष्मी लघुवित्त र नयाँ सारथी लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन् ।
.jpg)


