काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रिपेड ग्राहकहरुको बढ्दो संचारको आवश्यकतालाई ध्यानमा राख्दै आकर्षक डेटा र भ्वाइस सेवाको बन्डल रहेको नयाँ प्रिपेड स्टार्टर प्याक ल्याएको छ ।
यस नयाँ स्टार्टर प्याक ‘मज्जाकोे प्लान’ यहि चैत्र ०३ गते शुक्रबार देखि संचालनमा आउँदैछ र इच्छुक ग्राहकले नजिकैको एनसेल सेन्टर वा आधिकारीक प्वाइन्ट अफ सेल्स (पीओएस) बाट खरिद गर्न सक्छन् ।
यो स्टार्टर प्याक कर सहित ५९९ मा खरिद गर्न सक्छन् । यस प्याक अन्तर्गत २० जीबी डेटा र १५० मिनेट लोकल टक टाइम प्राप्त गर्न सक्छन् । प्राप्त डेटा र टक टाइम सिम सुचारु भएको दिन देखि २८ दिनको लागि मान्य हुने बताएको छ ।
यसका साथै यो प्लान सुचारु गर्ने २०० वा सो भन्दा माथिको रिचार्जमा बोनस पनि प्राप्त गर्न सक्छन् । २०० देखि ४९९ को रिचार्जमा ५% बोनस क्यास ब्याक प्राप्त गर्न सक्छन् भने ५०० वा सो भन्दा बढिको रिचार्जमा १०% बोनसको मजा लिन सक्छन् ।
यसका साथै यो प्लान सुचारु गर्ने यो अकर्षक डेटा र भ्वाइस सेवा बन्डल रहेको प्लान रु ५९९ मा नै आफ्नो आवश्यकता अनुसार सिम खरिद गरेको दिन देखि ९० दिन सम्म जति पटक पनि खरिद गर्न सक्छन् । त्यस्तै प्रिपेड ग्राहकले आफ्नो संचार सेवाको आवश्यकता अनुसार संचालनमा रहेका अन्य भ्वाइस तथा डेटाको विभिन्न प्याकहरु एनसेल एप तथा अन्य माध्यमहरु जस्तै एसएमएस र यूएसएसडीबाट सुचारु गर्न सक्छन् ।
.jpg)


