सोमबार, कार्तिक १७ गते २०८३
images
images

बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट, यसरी हेनुहोस् नतिजा

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 220
    SHARES
  • बिपिडब्लु लघुवित्तको आइपिओ बाँडफाँट, यसरी हेनुहोस् नतिजा

    बिपिडब्लु लघुवित्तको आइपिओ आज ९शुक्रबार० बाँडफाँट भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय गरेको बाँडफाँटमा ८ हजार ९५ जनाले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर पाएका छन् ।

    images

    यस आइपिओका लागि कुल १४ लाख ५९ हजार ७८४ जना आवेदकले आवेदन दिएकोमा १ हजार ५०६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धकले जानकारी दिएको छ ।

    कम्पनीले गत फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ८० हजार ९५० कित्ता आइपिओ बिक्री गरेको थियो ।

    images

    कम्पनीले जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुने ९७ हजार कित्ता सेयरमध्ये ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरिसकेको थियो ।

    यस्तै, १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई वितरण गरेको थियो ।

    लगानीकर्ताले बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपिओको नतिजा हेर्न सक्नेछन् । साथै, कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइट बाट पनि नतिजा हेर्न सकिन्छ ।