सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता

एक्सप्रेस पाना
चैत्र ३, २०७९ शुक्रबार
  • 276
    SHARES
  • प्रभु बैंक र सीजी मोटर्सबीच सम्झौता

    काठमाडौँ । प्रभु बैंक लिमिटेड र सीजी मोटर्स प्रा.लि. बिच सम्झौता भएको छ । बैंक र मोटर्सबीच सीजी विद्युतीय सवारीसाधन किन्नको लागि सस्तोमा कर्जा दिन उक्त सम्झौता भएको हो । 

    images

    उक्त सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सीजी मोटर्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालले हस्ताक्षर गरेका हुन् । 

    बैंक र सीजी मोटर्सबिच सम्पन्न उक्त सम्झौता अनुसार सीजी मोटर्स प्रा.लि.बाट ग्राहकहरुलाई सीजी मोटर्सले आयात गरेको नेटा भी मोडेल÷ब्राण्डका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ । 

    images

    हाल बैंकको देशभर रहेको ३६५ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।