आइतबार, कार्तिक १६ गते २०८३
images
images

देउवाले फातिमा सुमारलाई भनेः ‘एमसीसी अगाडि बढाउन गृहकार्य गरिरहेको छु’

एक्सप्रेस पाना
भाद्र २५, २०७८ शुक्रबार
  • 259
    SHARES
  • देउवाले फातिमा सुमारलाई भनेः ‘एमसीसी अगाडि बढाउन गृहकार्य गरिरहेको छु’

    भदौ २५ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवासँग मिलिनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले भेट गरेकी छन् । 

    images

    आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा एमसीसीबाट नेपालको आर्थिक विकासमा हुन सक्ने सहयोग लगायतका विषयमा छलफल भएको थियो । 

    प्रधानमन्त्री देउवाले सरकार र एमसीसीबीच सन् २०१७ मा सम्पन्न अनुदानसम्बन्धी सम्झौता अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल गरेको बताएका थिए । 

    images

    एमसीसीका उपाध्यक्ष सुमारले उक्त सम्झौता संसदबाट छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै सम्झौता नेपालको आर्थिक विकासका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । 

    उपाध्यक्ष सुमार हिजो (बिहीबार) काठमाडौं आएसँगै राजनीतिक भेटमा व्यस्त रहेकी छन् । उनले हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल तथा आज बिहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेकी थिइन् ।