सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

एक्सप्रेस पाना
चैत्र ५, २०७९ आइतबार
  • 263
    SHARES
  • सुनको मूल्यले बनायो नयाँ ऐतिहासिक रेकर्ड, तोलाको कति पुग्यो ?

    काठमाडौं । साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

    images

    यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार पाँच सय रुपैयाँ बढी हो ।

    images

    अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    शुक्रबार छापावाल सुन प्रतितोला एक लाख सात हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबारको तुलनामा आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँ बढेको हो ।