सोमबार, कार्तिक १७ गते २०८३
images
images

एमसीसी अनुमोदन गर्ने देउवा र ओलीको संकेत

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 413
    SHARES
  • एमसीसी अनुमोदन गर्ने देउवा र ओलीको संकेत

    भदौ २६ काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० की उपाध्यक्ष फातिमा सुमारको नेपालमा जारी राजनीतिक भेटघाटसँगै उक्त सहायता परियोजना अनुमोदनको संकेत देखिएका छन्।

    images

    राजनीतिक दलहरूबीच एकमत हुन नसक्दा चार वर्षदेखि यो अड्किएको छ। सुमारले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छन्। आउँदा आउँदै अघिल्लो दिन प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेटेकी थिइन्।

    एमाले अध्यक्ष ओलीले एमसीसी पारित हुने÷नहुने सरकारको हातमा रहेको बताएका थिए। प्रधानमन्त्री देउवाले शुक्रबार सुमारसँग भने, ‘एमसीसी कम्प्याक्ट अगाडि बढाउन मैले राजनीतिक स्तरमा छलफल जारी राखेको छु।’

    images

    यसअघि प्रधानमन्त्रीले कांग्रेस संसदीय दलको बैठकमा एमसीसी सहायता परियोजना भएकाले पारित गर्नुपर्ने धारणा राखेका थिए।

    एमाले अध्यक्ष ओलीले पनि सुमारसँग आफूहरूले विगतमा पारित गराउने इमानदार प्रयास गरेको अवगत गराएका थिए। यसले दुवै ठूला दलका प्रमुख नेताले एमसीसी अनुमोदन गराउन चाहेको देखाउँछ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।