सोमबार, कार्तिक १७ गते २०८३
images
images

धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 162
    SHARES
  • धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय बससेवा सुरु

    भदौ २६ काठमाडौं । कोरोना महामारीका कारण बन्द रहेका धार्मिक तीर्थस्थल खुलेसँगै पर्यटकीय गतिविधिसमेत सुरु हुन थालेको छ ।

    images

    विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि झण्डै पाँच महिनादेखि बन्द रहेका पर्यटकीय बससेवा धार्मिक तीर्थस्थल खुलेसँगै सुरु भएका हुन् ।

    सरकारले दोस्रो चरणको कोरोनाले बन्द गरेको निषेधाज्ञालाई पूर्णरूपमा हटाएसँगै देश दर्शन बससेवा प्रालिले स्वास्थ्य मापदण्डलाई लागू गर्दै पर्यटकीय बससेवा सुरु गरेको हो । कोरोनाको पहिलो र दोस्रो लहरले थला परेको पर्यटन क्षेत्रलाई पुनःस्थापित गर्न देशदर्शन बससेवा प्रालिले दिवा तथा रात्रि पर्यटक बससेवा पुनः सुरु गरेको प्रालिका बजार व्यवस्थापक प्रह्लाद लोहनीले बताए ।

    images

    देशदर्शन बससेवा प्रालिले काठमाडौं–पोखरा दिवा तथा रात्रि, काठमाडौं–जनकपुर रात्रि, काठमाडौं–वीरगञ्ज रात्रि, काठमाडौं–लुम्बिनी दिवा तथा रात्रि, काठमाडौं–चितवन दिवा, चितवन–पोखरा दिवा सेवामार्फत पर्यटकलाई सेवा प्रदान गर्दै आएको छ । उक्त बस सेवा काठमाडौंको बौद्धबाट सोह्रखुट्टे हुँदै विभिन्न गन्तव्यका लागि छुट्नेछन् ।