सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
चैत्र ६, २०७९ सोमबार
  • 203
    SHARES
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन तोलामा एक लाख नौ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    उक्त सुन आइतबार तोलामा एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख आठ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यस्तै, आज चाँदी तोलामा १५ रुपैयाँ घटेको छ । उक्त चाँदी आज तोलामा एक हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।