सोमबार, कार्तिक १७ गते २०८३
images
images

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

एक्सप्रेस पाना
चैत्र ७, २०७९ मंगलबार
  • 293
    SHARES
  • फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

    काठमाडौँ । साताको तेस्रो कारोबारको दिन आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम गरेको हो ।

    images

    सोमबार प्रति तोला १ लाख ९ हजार ३ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सयले बढेर १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ ।

    यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो । सोमबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

    images