सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

एक्सप्रेस पाना
भाद्र २६, २०७८ शनिबार
  • 350
    SHARES
  • प्रधानमन्त्री देउवाद्वारा राणाप्रति श्रद्धाञ्जलि

    भदौ २६ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गएराति निधन भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

    images

    प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित स्व राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरि पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरेका हुन् । राणाको गए राति ८५ वर्षको उमेरमा निधन भएको उनको ज्वाई अनिलकेशरी शाहले जानकारी दिए । उनको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने बताएका छन् ।

    राणालाई श्रद्धाञ्जलि दिन काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत निवासमा पुगेका थिए ।

    images

    राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए । मिर्गौला प्रत्यारोपणपछि नियमितरूपमा डायलायसिस गर्दै आएका थिए । गए राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको थियो ।