सोमबार, कार्तिक १७ गते २०८३
images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

एक्सप्रेस पाना
चैत्र १०, २०७९ शुक्रबार
  • 202
    SHARES
  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

    images

    बिहीबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ६३ पैसाले घटेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ ।

    यसअघि बिहिबार उक्त डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ९६ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ५६ पैसा तोकिएको थियो। बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

    images

    नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार युरोपियन युरोको एकको खरिददर १४२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४६ पैसा तोकिएको छ। बिहीबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४२ रुपैयाँ ९८ पैसा कायम गरिएको थियो। बिहिबारको तुलनामा आज युरो ४८ पैसाले बढेको हो ।

    बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ८ पैसा तोकिएको छ। अघिल्लो दिन यसको खरिदमूल्य १६२ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य १६२ रुपैयाँ ९२ पैसा कायम गरिएको थियो ।

    त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८८ रुपैयाँ १९ पैसा र बिक्रीमा ८८ रुपैयाँ ५९ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ र बिक्रीमा ९६ रुपैयाँ ४४ पैसा पाइन्छ ।

    यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ८ पैसा र बिक्रीमा ३६ रुपैयाँ २४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३५ रुपैयाँ १२ पैसा तोकेको छ ।

    युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रुपैयाँ ७३ पैसा र बिक्रीमा २९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमा आज ४२९ रुपैयाँ ८ पैसा र बिक्रीमा ४३१ रुपैयाँ ५ पैसा पाइन्छ ।

    त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३४९ रुपैयाँ ८१ पैसा तोकिएको छ ।